देश

१० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी नेपाली विद्यार्थीले लिए एनओसी

काठमाडौं । पछिल्लो १० वर्षमा विदेशमा पढ्न ६ लाख ३९ हजार १४८ विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी ) लिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्क अनुसार उच्च शिक्षा अध्ययनका लागि २०७१/०७२ देखि २०८०/०८१ सम्ममा ६ लाख ३९ हजार १४८ वटा एनओसी जारी भएका छन् ।

विगतका वर्षहरूमा २८ हजारदेखि ६३ हजारको हाराहारीमा एनओसीहरू जारी हुने गरेकोमा आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ मा भने हरेक वर्ष एक लाख बढीले एनओसी लिएको देखिन्छ ।

आर्थिक वर्ष २०७७/०७८ मा २८ हजार ८८३ जनाले एनओसी लिएका थिए । त्यसपछि आर्थिक वर्ष २०७८/०७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिँदा आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ जनाले र गत आर्थिक वर्ष २०८०/८१ मा एक लाख १२ हजार ९६८ जनाले विदेशमा पढ्न एनओसी लिएका छन् ।

नेपालीहरु अध्ययनका लागि सबैभन्दा अष्ट्रेलिया जापान गएका छन् । त्यसपछि दोस्रोमा जापान, तेस्रोमा यूके, चौथोमा क्यानडा, पाँचौँमा अमेरिका, छैटौंमा कोरिया र सातौंमा भारतका लागि लागि एनओसी लिएको तथ्याङ्कमा देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *