राजनीति

रवि लामिछानेमाथि प्रतिशोध साँधेको मूल्य सरकारले चुकाउनु पर्नेछ : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधकाले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै उनले लामिछानेमाथि सरकारले प्रतिशोध साँधेकाले सार्वभौम संसद पनि सरकारको रवैयालाई समर्थन गरेको आरोप लगाएका छन् ।

उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो, साँध्यो । सार्वभौम संसदले सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महशुस भएको छ । एउटा व्यक्ति जो चौथौं ठूलो दलको सभापतिमाथि यो हदसम्म प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनु पर्नेछ । झुट्टा मुद्दा लगाएर फसाउने सरकारको कूनियत जनताले बुझि सकेका छन् । सरकारको यस्तो रवैयालाई सार्वभौम संसदले समर्थन नगरोस् ।”

साथै उनले प्रतिनिधि सभाको नियमावली अनुसार थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने कुरालाई उल्लेख गर्दै तत्काल लामिछानेको पद फुकुवा गर्न माग गरे ।

भन्छन्, “प्रतिनिधि सभाको नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को सहि प्रयोग होस् भन्ने चाहन्छु । थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न म सम्माननीय सभामूख महोदयसँग माग गर्दछु ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *