देश

कांग्रेस-एमालेद्वारा अध्यादेशको पक्षमा उभिन ह्विप जारी

काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने बैठकमा अध्यादेश प्रस्तुत गरिने भएको छ । नेपाल सरकारद्वारा संसद् अधिवेशन नभएको समयमा जारी गरिएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको हो ।

बैठक दिउँसो सवा १ बजे बस्नेछ । बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ दल कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित भई अध्यादेशको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् । एमालेका प्रमुख सचेतक भगवती न्यौपानेका अनुसार सांसदलाई ह्विप जारी गरिएको छ । ‘अध्यादेशको पक्षमा उभिन भनिएको छ,’ उनले भनिन्, ‘ह्विप जारी गरिएको छ ।’

गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका थिए । त्यसपछि, पुस २९ गते चार वटा र माघ २ गते थप एउटा अध्यादेश जारी गरियो । यी सबै ६ वटा अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेका छन् ।

सरकारले यी अध्यादेशहरू पारित गराउन कांग्रेस र एमालेको पूर्ण साथ रहने संकेत देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *