राजनीति

लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्छ: महासचिव गुरुङ

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

प्रेस सेन्टर नेपाल, मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले समेत नेपालको स्वाधीनताको रक्षा गर्नु चुनौतीपूर्ण देखिएको भन्दै यस्तो जिकिर गरेका हुन् ।

महासचिव गुरुङले मुलुकको स्वाधीनताको रक्षा गर्न सोही अनुसार परराष्ट्र नीति अंगीकार गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखे । यसैगरी, उनले संसद्लाई छलेर अध्यादेश ल्याउने सरकारको काम ठिक नभएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *