देश

रवि लामिछानेसहित ७ जना आरोपीलाई अदालत लगियो, आजै आदेश आउन सक्ने

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाई अदालत लगिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जना आरोपीलाई अदालत लगिएको हो ।

उनीहरूको थुनछेक देखी जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आजै आदेश आउने सम्भावना देखिए पछि सबै ७ आरोपीलाई जिल्ला अदालत कास्की लगिएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बयान हिजो साँझ सकिएको थियो ।

रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन् । आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *