देश

बाजुराका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

बाजुरा। बाजुराको उच्च हिमाली क्षेत्रमा यस वर्ष दोस्रो पटक हिमपात सुरु भएको छ । सोमबार साँझदेखि सुरु भएको बदली आज बिहानै देखि वर्षा सँगै हिमपातमा परिणत भएको हो । मङ्गलवार बिहानसम्म जिल्लाको हिमाली क्षेत्र र ९ ओटै स्थानीय पालिकाका उच्च लेकाली भेगमा हिउँ जम्न सुरु भैसकेको छ।

वर्षा सँगै हिमपात सुरु भएपछि स्थानीय कृषक भने बाली राम्रो हुने भन्दै उत्साहित भएका छन् भने चिसोले जनजीवन भने निकै प्रभावित भएको छ। हिमपातले गहुँ, जौ ,उवा र हिउँदे तरकारी खेती राम्रो हुने किसानले विश्वास लिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *