विश्व

अपदस्थ सिरियाली राष्ट्रपतिकाे ग्यारेजमा भेटिए ४० महंगा कार

दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असादको निजी ग्यारेजमा दर्जनौं महंगा कार भेटिएका छन् ।

बिद्रोहीहरूले राजधानी सहर कब्जा गरे पछि भागेर रूस पुगेका असादको निजी ग्यारेजमा विश्वकै महंगा कारहरूको संकलन रहेको खुलेको हो ।

उनको सरकारी निवासमा पुगेका बिद्रोहीहरूले खिचेका भिडियो फुटेजमा ३ मिलियन भन्दा बढी मूल्य बराबरको कारहरू संकलन गरिएको देखिएको छ ।

अल मज्जेह छिमेकको उत्तरमा पश्चिमी दमास्कसको ठूलो गोदाममा ४० भन्दा बढी लक्जरी गाडीहरू भेटिएको छ ।

फुटेजमा देखिएका केही कारहरूमा रातो फेरारीसमेत समावेश छ, जुन अहिलेको भाउ अनुसार ३ मिलियन भन्दा बढीमा बिक्री हुन्छ, जहाँ एक ल्याम्बोर्गिनी, एक रोल्स रोयस र एक बेन्टले कार पनि फेला परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *