देश

जाजरकोटको कुशें गाउँपालिका-७ मा काँग्रेस विजयी

काठमाडौँ। जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली काँग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् ।

सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत पाएका छन् ।

यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो । माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जित्दा काँग्रेसका सिंहले ३१८ मत ल्याएका थिए भने एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *