देश

उपनिर्वाचन : २ बजेसम्म ५० प्रतिशत मतदान

काठमाडौं । ४१ स्थानमा रिक्त जनप्रतिनिधिको चयन गर्ने उपनिर्वाचनको मतदान जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान भएको छ ।

हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

नेटवर्कले काम नगरेकोले कतिपय ठाउँबाट मतदानको स्थिति आउन नसकेको आयोगले जानकारी दिएकाे छ ।

साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै वडाहरूको मतगणना सुरु गर्ने तयारी छ ।तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *