सम-सामयिक

परराष्ट्रमन्त्री राणाले आज चिनियाँ विदेशमन्त्री यी सँग भेटवार्ता गर्दै

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणाले आज (शुक्रबार)चिनियाँ समकक्षी सँग भेटवार्ता गर्दैछिन ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको चीन भ्रमण तयारीका लागि बिहीबार छेन्दु पुगेकी उनले आज चिनियाँ विदेश मन्त्री वाङ यी सँग छेन्दुमा भेटवार्ता गर्न लागेकी हुन् ।

भेटवार्तामा प्रधानमन्त्री ओलीको आगामी १७ गते देखि पाँच दिने चीन भ्रमणको मुद्दाका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री राणा शनिबार स्वदेश फर्कने छिन ।

उनी सोमबारको प्रधानमन्त्रीको भ्रमण दलमा पनि सहभागी हुने भएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *