राजनीति

नेकपा एमालेले पार्टी मुख्यालय च्यासलमा आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमाले आगामी मंशिर सात गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । नेकपा माओवादीले बिहिबार एक विज्ञप्ती जारी गर्दै आगामी मंशिर सात गते शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । शुक्रबार एमालेले जागरण सभा को नाममा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको सत्तारुढ नेकपा एमालेले त्यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको छ ।

आज दिउँसो २ बजे पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गर्न लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार मंसिर ७ मा हुने जागरण सभाबारे जानकारी दिन सम्मेलन आयोजना गर्न लागिएको हो ।

मुलुकमा बढ्दो अराजकता, अस्थिरताकाविरुद्ध तथा कानुनी राज्य र विधिको शासनको पक्षमा जनमत बनाउन जागरण सभा गर्न लागेको एमालेको तर्क छ । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ५० हजार मानिस उपस्थित गराउन निर्देशन दिएकाले एमालेले शक्ति प्रदर्शन गर्न लागेको बुझिएको छ । सत्तामा रहेको एमालेले शक्ति प्रदर्शन गर्ने तयारी गरेको भन्दै चौतर्फी आलोचना समेत भएको छ ।

सभामा उपस्थिति बढाउन काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला कमिटी मातहतका सबै संगठनलाई परिचालन गर्ने एमालेको तयारी छ । गत वर्ष मङ्सिर ७ मा पनि एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । सरकारको नेतृत्व गरिरहेको एमाले यस वर्ष पनि सोही दिन पारेर सडकमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *