शिक्षा / स्वास्थ्य

खोटाङ : दिप्रुङ–चुइचुम्मा गाउँपालिकामा रेविजविरुद्धको खोपको सुरुवात

काठमाडौं । खोटाको दिप्रुङ–चुइचुम्मा गाउँपालिकाले गाउँपालिकाभित्रै रेविज भ्याक्सिन निःशुल्क रुपमा लगाउने वातावरण सिर्जना गरेको छ । बुधबारबाट गाउँपालिकाको आधारभुत अस्पताल ओख्रेबाट रेविज भ्याक्सिन निःशुल्क रुपमा लगाउन शुरु गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए ।

उनका अनुसार अस्पतालबाट निःशुल्क रेविज भ्याक्सिन लगाउने पहिलो सेवाग्राही गाउँपालिकाका वडा नं–५ का पाँच वर्षीय माधव दाहाल रहेका छन् । उनले पहिलो मात्रा रेविज भ्याक्सिन जिल्ला अस्पताल दिक्तेलमा लगाएका थिए भने दोश्रो मात्रा आधारभुत अस्पताल ओख्रेबाट बुधबार लगाएका हुन् ।

नागरिकको हितका लागि उक्त सेवा सोही गाउँपालिकाभित्रै संचालनमा आएपछि आगामी दिनमा रेविज भ्याक्सिन लगाउन सदरमुकाम जाने बाध्यता हटेको गाउँपालिका अध्यक्ष राईले बताए । यस अघि गाउँपालिका सो सेवा विस्तार नहुँदा रेविजविरुद्धको खोप लगाउनका लागि ६/८ घण्टा हिँडेर सदरमुकाम दिक्तेल जानुपर्ने बाध्यता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *