राजनीति

गण्डकीका वन मन्त्री भेषबहादुरद्वारा शपथ ग्रहण

काठमाडौँ । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

केही बेरअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई वन मन्त्री नियुक्त गरेका थिए । वरियतामा असन्तुष्टि जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *