राजनीति

‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरुको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज (शुक्रवार) ९ बजे प्रतिपक्षी दलहरूको बैठक बोलाइएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रतिपक्षी दलहरूको बैठक बोलाएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *