देश

प्रहरी निरीक्षक शाही निलम्बनमा

काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा पठाएको स्रोतले बताएको छ ।

प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुख हुँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ रकम असुल गरेको आरोप लागेको छ । उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो ।

उक्त घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शंकास्पद देखिएपछि निम्बनका लागि सिफारिस गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *