
काठमाडौं । १५९ औं मोती जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सोमवार युवाकवि मोतिराम भट्टको १५९ औं जन्मजयन्ती काठमाडौंसहित देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
नेपाली शिक्षा परिषद्द्वारा आयोजित कार्यक्रममा युवा वर्ष मोती पुरस्कार समेत प्रदान गरिएको छ । यस वर्षको युवा वर्ष मोती पुरस्कार युवा, बाल साहित्यकार केदार श्रेष्ठलाई प्रदान गरिएको छ ।
कार्यक्रममा कविहरूले आफ्ना रचनाहरू वाचन गरेर युवाकवि भट्टको स्मरण गरेका थिए ।
राष्ट्रिय विभूति भट्टको वि.सं. १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर वि.सं. १९५३ भाद्र कृष्ण कुऔँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।
मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । नेपाली साहित्यको श्रृंगार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।