विश्व

टर्कीमा झन्डै ६ मिलियन भवनहरू भूकम्पको जोखिममा, २ मिलियनलाई तत्काल नवीकरण आवश्यक

एजेन्सी । टर्कीमा लगभग ६ मिलियन भवनहरू भूकम्पको जोखिममा रहेको सरकारले बताएको छ । ती मध्ये २ मिलियनलाई तत्काल नवीकरण आवश्यक रहेको टर्कीका वातावरण, सहरीकरण र जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले बताए ।

टर्किमा कुल ३६ मिलियन स्वतन्त्र एकाइहरू र ३१ मिलियन घरहरू छन् । कुरुमका अनुसार टर्की सरकारले ३।४ मिलियन आधुनिक भूकम्प प्रतिरोधी घरहरू निर्माण गरिसकेको छ र हाल २५ लाख रूपान्तरण घरहरू र सामाजिक आवास एकाइहरू सबैभन्दा बलियो, सुरक्षित र स्वस्थ तरिकामा निर्माण गरिरहेको छ ।

फेब्रुअरी ६, २०२३ मा मध्यरातमा दक्षिणी टर्की र सिरियामा ७।८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि अर्को दिन दिउँसो ७।७ म्याग्निच्युडको भूकम्प आएको थियो । टर्किमा भूकम्पले ११ प्रान्तहरूलाई ध्वस्त पारेको थियो । ५३ हजार भन्दा बढी मानिसहरूको मृत्यु हुनुका साथै लाखौँ विस्थापित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *