विश्व

वार्तामा सहभागी हुँदै इजरायली जासूस प्रमुखहरू

जेरुसेलम। इजरायलका जासूस प्रमुखहरू बिहीबार दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुने भएको छन् ।

“प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भोलि दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गर्नुभएको छ,” आज जारी एक विज्ञप्तिमा भनिएको छ ।

इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन उक्त टोलीमा रहेको नेतान्याहुका प्रवक्ता ओमेर दोस्तीले एएफपीलाई बताउनुभयो ।

प्यालेस्टिनी लडाकू समूह हमासले दोहामा वार्ताकारहरू पठाउने कि नगर्ने बताएको छैन ।

हमासका एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपीलाई भन्नुभयो, “मध्यस्थ कर्ताहरूसँगको वार्ता जारी छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *