मुख्य समाचार

उपनिर्वाचनको तयारी : मतदाता नामावलीमा नाम दर्ता निर्वाचन आयोगको आग्रह

काठमाडौं । देशका विभिन्न स्थानीय तहमा रिक्त जनप्रतिनिधि पदमा उपनिर्वाचन गर्न निर्वाचन तयारी थालेकाले मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ । निर्वाचन आयोगले मंगलबार एक सुचना जारी गर्दै निर्वाचन प्रक्रियापश्चात नामावली दर्ता बन्द गर्नुपर्ने भएकाले समयमै आफ्नो नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो ।

नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष पदमा पदपूर्ति गर्न प्रक्रिया सुरु हुनुअगावै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आह्वान गरेको हो । आयोगका अनुसार हाल देशभरका स्थानीय तहका विभिन्न पदमा ३४ पद रिक्त छन् ।

०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन ऐन, ०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकी उपनिर्वाचनद्वारा रिक्त पदको पूर्ति गरिने व्यवस्था छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *