विश्व

ढाकाको प्रधानन्यायाधीशमा रेफात अहमद नियुक्त

ढाका । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश नियुक्त गरिएको छ।

यसअघि शनिबार दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिए पछि उक्त पद रिक्त थियो ।

अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नयाँ प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।

शनिबार सैयद रेफात अहमदलाई युनुसले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। उनी उच्च अदालतका वरिष्ठतम् न्यायाधीश थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *