विश्व

आन्दोलनकारीको अल्टिमेटमपछि बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

काठमाडौं। आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आज (शनिबार) विहान आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर पुगेर प्रधानन्यायाधीशको राजीनामा माग्दै चर्को नाराबाजी गरेका थिए ।

आन्दोलनकारीहरुले दिउँसो १ बजेसम्म अल्टिमेटम दिएपछि उनले सोही अवधिभित्रै अदालत परिसरमा पत्रकार सम्मेलन गरी राजीनामा गरेको घोषणा गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *