मुख्य समाचार

सरकारको पहिलो प्राथमिकतामा सुविधा सम्पन्न स्वाथ्य : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

शुक्रबार नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित इन्डोर भवन र एमआरआइ सेवाको उद्घाटन गर्दै मन्त्री पाैडेलले पहिलो प्राथमिकतामा नागरिकलाई सहज हुनेगरि सुविधा सम्पन्न स्वाथ्य सेवा उपलब्ध गराउने मन्त्र रहेको बताए ।

अहिले अस्पतालमा भएका स्रोत र साधनको अधिकतम प्रयोग गरेर सेवालाई प्रभावकारी बनाउन आग्रह गर्दै उनले भने,‘ ‘पहिलो विषय नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने हो।’ मन्त्री पौडेललेअस्पताललाई थप गुणस्तरीय र आधुनिक बनाउन योजनाबद्ध रुपमा काम गर्दै जाने उक्त वातावरण सिर्जना गर्न सबै मिलेर लाग्नुपर्ने बताए ।

अहिले समस्या भोग्दै आएकाहरुको समस्या समाधान र आगामी दिनमा त्यस्तो परिस्थितिको सिर्जना हुनै नदिने किसिमको स्वास्थ्य क्षेत्रको वातावरण बनाउने उदेश्यका साथ आफु अघि बढिरहेको उनले बताए । रोग लागिरहेका नागरिकलाई कसरी निरोगी नेपाल बनाउने उपचार पद्धतिका साथै स्वास्थ जीवनशैलीका लागि आवश्यक सावधानी अपनाउन र चेतनाको विकास गर्नतर्फ पनि आफूले योजना बनाइरहेको मन्त्री पौडेलले बताए ।

‘ उनका अनुसार सरकारी अस्पतालमा धेरै सुविधासम्पन्न औजार र प्रविधिहरु छन् । तर त्यसको उचित व्यावस्थापनका साथेै परिचालन सहि समयमा गरिसक्दा ठूलो परिवर्तन आउने भएकाले सबैले सकरात्मक परिवर्तनको अगाडी बढ्नुपर्ने र आफु त्यसका लागि कार्यकालभरि स्वाथ्य क्षेत्रमा सकरात्मक नतिजा आउने गरी काम गर्ने बताए ।

भेरी अस्पतालले आफूले सोचेभन्दा व्यवस्थित रुपमा सेवा प्रवाह गरेको उल्लेख गर्दै देखिएका समस्याहरुलाई समाधान दिने पक्षमा अघि बढ्ने उनले बताए ।अनलाइनबाट बिरामी दर्ता गर्ने प्रणाली सञ्चालन गरेकामा प्रशंसा गर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रयोगशालाको रिपोर्ट पनि अनलाइन सेवाबाटै नागरिकले पाउनेगरी व्यवस्था गर्न आग्रह गर्दै भेरी अस्पतालमा न्यूनतम दरबन्दी उपलब्ध गराई चिकित्सक र स्वास्थ्यकर्मी बढाइने मन्त्री पौडेलले बताए । उनले भने,‘अहिले भएको स्रोतसाधनलाई अधिकतम प्रयोग गरी सेवा दिनुहोस्, एमआरआइ र सिटीस्क्यानको सेवा नागरिकले पाउनुपर्छ, यो सेवा बाहिर गरेर उपचार गर्न भेरीमा आउनुस् भन्न मिल्दैन।’

भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. प्रकाश थापाका अनुसार भेरी अस्पतालको वर्तमान अवस्था र आगामी योजना स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारी अस्पतालमा जनताको विश्वास बढ्दै गएको बताए । उनले भेरी अस्पतालका आवश्यकता र समस्या समाधान गर्न मन्त्रालय सकारात्मक रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *