विश्व

पेट्रोलियम ट्याङ्की विस्फोट हुँदा फिलिपिन्समा आगलागीबाट ११ जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्सको मनिलामा रहेको भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको राजधानी मनिला सहरमा रहेको पाँच तहको व्यावसायिक र आवासीय भवनमा शुक्रवार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका हुन् ।

आगो निभाउन दमकललाई दुई घण्टा लागेको थियो । मृतकमध्ये भवन मालिककी श्रीमती पनि थिइन् । जसको शव तेस्रो तल्लामा भेटिएको थियो । भवनका एक सुरक्षा गार्डले पहिलो तल्लामा रहेको क्यान्टिनमा रहेको ग्यासको पेट्रोलियम ट्याङ्की विस्फोट हुँदा आगलागी भएको हो । यद्यपि अनुसन्धान गरिरहेको ब्यूरोले अहिलेसम्म आगलागीको कारण भने पुष्टि गर्न सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *