विश्व

इरानका सर्वोच्च नेताद्वारा पेजेस्कियनलाई आधिकारिक समर्थन

तेहरान। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले इस्लामिक गणतन्त्रको नवौं राष्ट्रपतिको रूपमा मसूद पेजेस्कियनलाई आइतबार आधिकारिक समर्थन दिनुभएको छ ।

“म बुद्धिमान, इमानदार, लोकप्रिय र विद्वान श्री पेजेस्कियनलाई समर्थन गर्दछु र उहाँलाई इस्लामिक गणतन्त्र इरानको राष्ट्रपतिको रूपमा नियुक्त गर्दैछु“, खामेनीको कार्यालयबाट जारी गरिएको सन्देशमार्फत उहाँले भन्नुभयो ।

इरानमा “सुधारवादी“ मानिने नयाँ राष्ट्रपतिले मङ्गलबार संसदमा शपथ लिनु हुनेछ ।

वरिष्ठ इरानी अधिकारी र विदेशी कूटनीतिज्ञको उपस्थितिमा राजधानी तेहरानमा अनुमोदन समारोह आयोजना गरिएको थियो ।

चरम गर्मीका कारण आइतबार राष्ट्रव्यापी रूपमा ब्याङ्कलगायत अधिकांश सरकारी कार्यालयहरू बन्द गर्ने आदेश दिइएको थियो ।

गत मे महिनामा हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम रायसीको मृत्यु भएपछि आयोजित निर्वाचनमा ६९ वर्षीया पेजेस्कियनले जुलाई ५ मा अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरुद्ध चुनाव जित्नुभएको थियो ।

कार्यक्रमपछि कार्यवाहक राष्ट्रपति मोहम्मद मोखबरले पेजेस्कियनलाई आधिकारिक जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *