विश्व

मङ्गोलियामा पानीजन्य दुर्घटनामा २४ जनाको मृत्यु

बाटोर (मङ्गोलिया)। मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानीसम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ ।

कुस्ती, धनुर्विद्या र घोडा दौड जस्ता परम्परागत खेलहरूका लागि प्रसिद्ध नादम जुलाई –११ देखि जुलाई –१५ सम्म वार्षिक रूपमा मनाउने आधिकारिक बिदा हो ।

पीडितमध्ये बाइस जना वयस्कका साथै भने दुई जना बालबालिको रहेको एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ ।

आइतबार पश्चिमी प्रान्त बयान–उल्गीको उलानखुस सुमको ग्रिन लेकमा पाँच जनाको डुबेर मृत्यु भएको छ । तीमध्ये एकजना पौडी खेल्ने क्रममा डुबेका थिए भने अरूको उसलाई बचाउने प्रयासमा मृत्यु भएको थियो ।

मङेलिया भरका प्रमुख नदीहरूमा पानीको स्तर ४० सेन्टिमिटरसम्म चेतावनी स्तर नाघेको एजेन्सीले जनाएको छ । जनतालाई पानीसँग सम्बन्धित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *