देश

वडाध्यक्ष बादे दोषी ठहर, घरबाटो सिफारिसका लागि लिएका थिए १५ लाख

काठमाडाैं । काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले उनलाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि पेसी तोकेको अदालतका सूचना अधिकारी यज्ञप्रसाद रेग्मीले जानकारी दिए ।

उनीविरुद्ध विशेष अदालतमा २६ माघ ०८० मा मुद्दा दायर भएकोमा कसुर कायम हुने फैसला भएको छ । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो ।

गत वर्षको माघमा अध्यक्ष बादेले सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा परिचालित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

साे मुद्दामा बादेलाई दुई वर्षदेखि चार वर्षसम्म कैद हुनसक्ने भन्दै उनको सजाय निर्धारणको लागि ३१ असारमा पेसी तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *