काठमाडौं। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर नयाँ सरकार गठनका लागी मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
नेता लामाले बिहीबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस र एमालेबीच बनेको नयाँ सत्ता समिकरणका कारण वर्तमान प्रदेश सरकार अल्पमतमा परिसकेकोले नयाँ सरकार गठनका लागी मुख्यमन्त्रीलार्य राजीनामा दिएर मार्ग प्रसस्त गर्न आग्रह गरेका हुन् ।
उनले वर्तमान सरकारबाट मुख्यमन्त्री जम्कट्टेललाई समर्थन दिएको साझेदार दल एमालेले समर्थन फिर्ता लिएर मन्त्रीहरुले समेत राजीनामा दिएर सरकारबाट बहिरिइ सकेको सन्दर्भमा सरकार कामचलाउ हैसियतमा पुगेको भन्दै मुख्यमन्त्री जम्कट्टेललाई दुरगामी असर पुर्याउने कुनै निर्णय नगर्न पनि आग्रह गरेका छन् ।
विज्ञप्ति मार्फत नेता लामाले यस्तो अवस्थामा सरकारले कुनै महत्वपूर्ण निर्णय, नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरु गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भएकाले त्यसतर्फ ध्यान पुर्याउन पनि सचेत गराएका छन् ।
नेता लामाद्वारा जारी विज्ञप्तिमा मुलुकको बदलिदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संबिधानमा समयानुकुल संशोधन गर्न संघ र सातवटै प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने संकल्पका साथ पहिलो र दोश्रो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरण निर्माण भएको सन्दर्भमा प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले सहज राजीनामा दिएर मार्ग प्रसस्त गर्नु उपुक्त हुने कुरा उल्लेख गरिएको छ ।




