देश

सुनसरी र मोरङमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टायता भारी वर्षा भएको हो ।

सुनसरीको चतरा, धरान, इटहरी, मोरङको केराबारी, लेटाङ, हरैंचा, बाउने र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

थप हुने देखिएकाले सेउती, सर्दू, सुनसरी खोला, बूढीखोला, खेसलिया, लोहन्द्रा खोला, चिसाङलगायत सुनसरी मोरङ भएर बग्ने खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ ।

दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *