देश

व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश

पोखरा । उच्च अदालत पोखराले असार २ हुने भनिएको तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना स्थगित गर्न आदेश दिएको छ ।

फैसलाको पुनरावेदनका लागि सर्वोच्च अदालतमा पुगेको भन्दै सो मुद्दा किनारा नलागेसम्म पुनः मत गणना स्थगित गर्न उच्च अदालत पोखराले आदेश दिएको हो ।

व्यासका मेयर वैकुण्ठ न्यौपानेले केही दिनअघि सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए । सर्वोच्चमा हेर्न नभ्याइनेमा राखेपछि उनले उच्च अदालतमा निवेदन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *