विश्व

इजरायलको आक्रमणबाट एकै दिन ७७ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । विगत २४ घण्टामा गाजाको विभिन्न क्षेत्रमा इजरायली सेनाले गरेको आक्रमणमा ७७ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा स्वास्थ्य मन्त्रायलले मध्य गाजा र रफाहमा इजरायली सेनाले आक्रमण गर्दा ७७ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

इजरायली सेनाले रफाहमा आफ्नो आक्रमणलाई तीव्रता दिएपछि पुनः त्यस क्षेत्रबाट हजारौं शरणार्थीहरु पलायन हुन थालेका छन् । हालै संयुक्त राष्ट्र प्यालेस्टिनी शरणार्थी एजेन्सी यूएन–आरडब्ल्यूएद्वारा सञ्चालित विद्यालयमा भएको आक्रमणको विषयलाई लिएर संयुक्त राष्ट्रसंघले आपत्ति जनाउँदै तत्काल नरसंहार बन्द गर्न इजरायललाई आग्रह गरेको छ । आक्रमणबाट अहिलेसम्म करिब एक सय १० विद्यालय र विश्वविद्यालय ध्वस्त भएको समेत राष्ट्रसंघले जनाएको छ ।

त्यस्तै अक्टोबर ७ यता गाजामा इजरायली सेनाको आक्रमणमा परि १५ हजार ५ सय बालबालिकाको मृत्यु भएको विषयमा इजरायली सेनालाई राष्ट्रसंघ कालसूचीमा राख्ने तयारी थालेको बताइएको छ । एम्नेस्टी इन्टरनेसनलले इजरायली सेनालाई कालोसूचीमा राख्ने राष्ट्रसंघको निर्णयलाई स्वागत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *