मुख्य समाचार

दाङमा श्रीमतीको हत्या गरी भागेका सेनाका जवान पक्राउ

काठमाडौं । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरीले हानेर हत्या गरेका हुन् ।

श्रीमतीको हत्यापछि खुकुरी लिएर भागेका बुढाथोकीलाई प्रहरीले तुलसीपुरबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले श्रीमतीको हत्यापछि फरार रहेका बुढाथोकीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

इन्सपेक्टर थापाका अनुसार घटना आज शुक्रबार बिहान ८ बजेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *