काठमाडौं । कान्तिपुरका मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई स्वाथ्यमा समस्या देखा परेपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । मंगलबार उनलाई उपचारका लागि काठमाडौं ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।
गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि उनलाई जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो ।
चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं पठाइएको ल्याइएको हो ।सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले ब्रिफिङ गरेका छन् । उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइएको हो ।
रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा दिएको जाहेरीको आधारमा सिरोहियालाई गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट प्रहरीले पक्राउ गरेर धनुषा लगिएको थियो । तेस्रोपटक धनुषा जिल्ला अदालतले सोमबार थप ३ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ ।




