मुख्य समाचार

सरकार पेलेरै जान्छ भने चुनौति सामना गर्न कांग्रेस तयार छ : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेसल चुनौति सामना गर्न तयार रहेको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेससहितका प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेको बताए ।

सरकार पेलेर जाने हो भने काँग्रेस सहेर नबस्ने चेतावनी दिए । उनले काँग्रेसले आफू मात्रै अन्याय भएको महशुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको बताए ।

‘सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतिलाई सामना गर्नेछौँ । हामीले भनेका पनि छौँ । सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने काँग्रेस तयार छ’ उनले भने, ‘काँग्रेस सहेर त बस्न सक्दैन । काँग्रेसले आफू मात्रै अन्याय भएको महशुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको छ ।’

उनले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताए ।

उनले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गरे ।

उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताए ।

‘सरकारले जनताको हितमा काम गर्नुपर्छ । संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ । प्रतिपक्षले जनताको आवाज जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसदमा निरन्तर उठाउनुपर्छ उनले भने, ‘प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो । सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो । प्रतिपक्षले प्रतिपक्षमा नेपाली काँग्रेस बाहेकका केही दलहरु पनि छन् । प्रतिपक्षले संसदमा जनताका आवाज उठाइरहेको छ । आवाज बुलन्द गरेको छ । सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ ।’

नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताएका छन् । उनले कानून संघीय संसद बनाउनुपर्ने भएपनि प्रदेश लक्षित बन्न नसकेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *