काठमाडौं । धनुषा जिल्ला अदालतमा उपस्थित गराइएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको थुनछेक बहस सकिएको छ । पक्ष र विपक्ष दुवै तर्फबाट बहस सकिएको हो ।
सहकारी ठगीको समाचार दबाउन कार्यकक्षबाट गिरफ्तार गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको हो ।
प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । उनलाई स्थलमार्गबाट आज बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याइएको हो ।




