मुख्य समाचार

रातो पासपोर्ट दुरूपयोगमा आफ्नो खोट नरहेको धनराज गुरुङको प्रष्टीकरण

काठमाडौं। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लगाएको आरोप तथ्यहीन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद सचिवालयमा निवेदन दिएका छन् ।

गुरुङले सोमबार सभामुख देवराज घिमिरेलाई निवेदन लेख्दै लामिछानेमाथि संसद्को अवहेलना मुद्दामा कारबाही गर्न माग गरेका छन् ।

अदालतबाट सफाइ पाइसकेका रातो कूटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी प्रस्तुत गरी भ्रम श्रृजना गर्न खोजेको भन्दै आरोप प्रमाणित गर्न चुनौती समेत दिएका छन् । उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्बन्धमा सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसँगै पठाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *