मुख्य समाचार

संसद् अवरोध खुलाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस

काठमाडौं । बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका हुन् ।

छलफलपछि कांग्रेस नेता रमेश लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जर्नादन शर्मा छलफलमा उपस्थित थिए ।

प्रधानमन्त्रीले आजै सत्तापक्षका दलहरूसँग छलफल गर्ने र पुनः कांग्रेससँग छलफल गर्ने पनि जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले आजै सत्तापक्षसँग छलफल गरेर तपाईंहरूलाई फेरि बोलाउँछु भन्नुभएको छ,’ नेता लेखकले भने, ‘थप छलफल गर्न हामी सबै सहमत छौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *