काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ ।
संसदीय दलको बैठक ९ बजे बस्न लागेको कांग्रेसले जानकारी दिएको छ । त्यसअघि संसदीय कार्यसमितिको बैठक र बिहान ८ः३० बजे बट्ठन लागेकाे हाे ।
संसदीय दल कार्यसमिति संसद भवन संसदीय दलको नेताको कार्यकक्ष तथा संसदीय दलको बैठक संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा संसदमा भएको तनाव र नयाँ रणनीतिक विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगिको छानबिनको माग गर्दै संसदीय छानबिन समिति बनाउन सरकार तयार नभएपछि संसदको अवरोध जारी राखेको छ ।