देश

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौँ । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ ।

लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको हो ।

उनको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।

नेपालका भाइ एकमणि नेपालका अनुसार शुक्रवार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरिए पनि स्वास्थ्यमा सुधार आएन । मंगलबार मध्याह्न उनको निधन भएको हो ।

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो भने उनका दुई छोराहरू रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *