देश

एकैपटक २८ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं। सरकारले एकैपटक २८ जना सहसचिवहरुको सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

बिहीबार भएको सरुवामा भरतपुर र ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन् । ललिलतपुरका वीरेन्द्रदेव भारती भरतपुरमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी रेखा दाशको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *