मुख्य समाचार

शेखर कोइरालाको प्रश्न – डढेलोले क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ?

काठमाडौँ। नेपाली कांग्रेसका लागि नेता शेखर कोइरालाले डढेलोका कारण ज्यान र धनको क्षति हुँदा पनि सरकार असंवेदनशील बनेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै नेता कोइरालाले देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौं मानिसको मृत्यु भएको तथा अरबौंको सम्पत्ति क्षति भएपनि डढेलो नियन्त्रणमा सरकार असंवेदनशील बनेको आरोप लगाएका हुन् ।

‘यस बर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गईसक्यो, अरवौंको सम्पत्तिको नाश भईसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । वर्षेनी डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनिकरणमा हामी कहाँ चुक्यौं ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनसील ?,’ नेता कोइरालाले लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *