बैंक/ शेयर

शेयर बजारमा १७ अंकको गिरावट, १७२ कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ३० अंकले घटेर २,०१८ को विन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सर्वोत्तम सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड ५५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गरिमा डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् । लगातार सकारात्मक सर्किट लागेको यस कम्पनीको शेयरमा आज भने नकारात्मक सर्किट लागेको छ ।

आज उच्च कारोबार भएका १० कम्पनी

सर्वोत्तम सिमेन्टः २८ करोड ६८ लाख रुपैयाँ
गोर्खाज फाइनान्सः १२ करोड ५६ लाख रुपैयाँ
शिवम सिमेन्टः ११ करोड ५५ लाख रुपैयाँ
हाथवे इन्भेस्टमेन्टः ९ करोड ५८ लाख रुपैयाँ
रिभर फल्स पावरः ९ करोड रुपैयाँ
सोनापुर मिनरल्सः ८ करोड ९९ लाख रुपैयाँ
हिमालयन ऊर्जाः ७ करोड ५५ लाख रुपैयाँ
पिपुल्स पावरः ७ करोड २२ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ६ करोड २४ लाख रुपैयाँ
अप्पर लोहोरे खोला हाइड्रोपावरः ५ करोड १६ लाख रुपैयाँ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *