विश्व

अन्ततः युक्रेनले सैन्य नेतृत्व परिवर्तन गर्ने

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सैन्य र राजनीतिक नेतृत्वमा फेरबदल गर्ने योजना बनाएको बताएका छन् ।

आइतवार ढिलो प्रसारित एक अन्तर्वार्तामा इटालियन राइ टिभीसँग एक टिप्पणीमा राष्ट्रपतिजेलेन्स्कीले युक्रेनको सेनाका कमाण्डर इन चीफ भ्यालेरी जालुज्नीलाई बर्खास्त गर्न चाहेको बताएका हुन ।

रूस युक्रेन युद्धको दोस्रो वर्षगाँठ नजिकिँदै गर्दा सेना प्रमुख भ्यालेरी जालुज्नीको भविष्यको बारेमा अड्कलबाजी बढिरहेको बेला राष्ट्रपति जेलेन्सकीको यो भनाइ बाहिर आएको हो ।

‘पुनर्स्थापना र परिवर्तनको नण्याँ सुरुवात आवश्यक छ र यो एउटा व्यक्तिको बारेमा होइन, समग्र देशको नेतृत्वको दिशाको बारेमा हो, जेलेन्स्कीले भने । ‘म यो नयाँ प्रतिस्थापनको बारेमा सोच्दै छु,’ उनले भने, ‘तर तपाईले यहाँ भन्न सक्नुहुन्न कि हामीले एक व्यक्तिलाई मात्रै प्रतिस्थापन गर्यौं ।’

गत फेब्रुअरी २०२२ मा रुसले आक्रमण गर्नुभन्दा केही महिना अघि जेलेन्स्कीले नियुक्त गरेका जालुज्नी सेना र व्यापक जनसङ्ख्यामा लोकप्रिय रहेका छन्। उनले आफ्नो राजनीतिक महत्वाकांक्षा रहेको अनुमानलाई अस्वीकार गरेका छन् ।

उनी र राष्ट्रपति युद्धको आचरणलाई लिएर केही समयदेखि विवादमा तानिदै आएका थिए किनकि देशले कम गोला बारूद तथा असफल काउन्टर अफेन्सिभ पछि कर्मचारीको अभाव र थप सेनाको आवश्यकताको साथ ग्रसित भएको जनाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *