राजनीति

चिनिया टोली आज उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहने

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनिया कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल शनिबार राजनीतिक भेटवार्तामा व्यस्त रहने भएको छ।

चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्ने भएको हो।

शुक्रबार काठमाडौं आइपुगेको टोलीले नेपालमा लगानी गरेका चिनिया व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ। माओवादीको औपचारिक निमन्त्रणामा नेपाल आएको टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सोमबार भेट गर्ने तालिका छ।

त्यसअघि आइतबार होटेल सोल्टीमा माओवादी नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सचिव गणेश साहले जानकारी दिए। प्रतिनिधि मण्डलमा चिनिया कम्युनिस्ट पार्टी मुख्यालयमा नेपाल डेस्क प्रमुख जेङ योया ‘सरला’ लगायत सहभागी छन्। टोली मंगलबार दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *