देश

गण्डकीबाट राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

जसमा अन्य तर्फबाट कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ३ हजार ८०८ मतभार पाएर विजयी भएका हुन् । विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाएका छन् ।

त्यस्तै गण्डकीबाट महिला तर्फ माओवादी केन्द्रकी उम्मेदवार मनरूपा शर्मा विजयी भएकी छन् । शर्माले ३६६० मतभार प्राप्त गर्दै विजयी भएकी हुन् । उनले नेकपा एमालेकी उम्मेदवार सम्झना देवकोटालाई पराजित गरकी छन् । देवकोटाले २५५३ मतभार प्राप्त गरेकी थिइन् । त्यस्तै राप्रपाकी गौ माया श्रेष्ठले १०६ मतभार पाएकी थिइन् ।

त्यस्तै गण्डकीबाट अपाङ्गतातर्फ नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर परियार विजयी भएका छन् । उनले ३ हजार ७७४ मतभार पाएका थिए । परियारका प्रतिष्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ मतभार पाएका थिए।

गण्डकी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ६० जना मतदाता रहेकोमा ६० जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ जनाले मतदान गरी ९९.४१ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *