काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध छैटौं विकेट गुमाएको छ ।
जारी यू-१९ क्रिकेट विश्वकपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले छैटौं विकेट गुमाएको हो ।
नेपालका अल राउण्डर गुलसन झा ४५ बलमा १८ रन बनाएर आउट भएका छन् । यसअघि विपिन रावलले २९, देव खनाल २३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाएर आउट भएका थिए ।




