काठमाडौँ । नेपालले पाकिस्तानविरुद्ध पाँच विकेट गुमाएको छ । जारी यू-१९ क्रिकेट विश्वकपमा पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको हो ।
नेपाली ओपनर विपिन रावल ३९ रन बनाएर आउट भएका छन् । यसअघि देव खनाल २३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले ६-६ रन बनाएर आउट भएका थिए ।




