देश

जिल्ला प्रशासन कार्यालयमै मिटरब्याज पीडित र साहुबीच कुटाकुट

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट भएको छ ।

सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो । कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका ११ घर भई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ ।

पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो ।

छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *