काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन तरुण दलले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा सातै प्रदेशमा उठेका कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन आ–आफ्नो ठाउँबाट खटिन आग्रह गरेको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले बुधबार विज्ञप्ति जारी गरी ७७ रै जिल्लामा रहेका तरुण र युवालाई कांग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन प्रदेश, जिल्ला र स्थानीय तहमा महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका छन् ।
उनले आफूले खेलेको भूमिकाबारे तरुण दल केन्द्रलाई जानकारी गराउन पनि आग्रह गरेका छन् ।





