राजनीति

बालुवाटारमा शेखर–गगन समूहको छुट्टै भेला

काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डामा कुरा नमिलेपछि नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहको छुट्टै भेला बसिरहेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा आफ्नो पक्षलाई चार सिट दिन सभापति नमानेपछि शेखर–गगन समूहको छुट्टै भेला बालुवाटारस्थित शेखर कोइरालाको सम्पर्क कार्यालय जारी छ । भेलामा शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीवन परियारलगायत सहभागी छन् ।

इतर समूहले कांग्रेसले पाएका १० मध्ये चार सिट मागेको छ, तर सभापति देउवा यसका लागि तयार देखिएका छैनन् । देउवाले आफ्नो समूहमा भागबन्डा मिलाउन आठ सिट चाहिने भन्दै शेखर समूहलाई दुई सिट मात्र लिन दबाब दिएका छन् । त्यसपछि के गर्ने भन्ने विषयमा छलफल गर्न इतर समूहको भेला बसेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *