काठमाडौं । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
मनाङ, ङिस्याङ गाउँपालिका-९ खाङसारस्थित सोनाम गुरुङको घरमा काम गरी बस्ने गोरखा नगरपालिका-६ हरमटारी घर भएका ४० वर्षीय उत्तम गुरुङ उक्त घरको स्टोर रुममा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुली, फिक्कल गाउँपालिका-५ रजे गाउँ बस्ने ७४ वर्षीय मन बहादुर बुढाथोकी घर नजिकै आफ्नै बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । बारीको कान्ला खन्न गएका उनको ढिस्कोले पुरिएको अवस्थामा शव फेला परेको हो ।
रूपन्देही, मायादेवी गाउँपालिका-५ बसौलीस्थित बाटो मुनि पानी जमेको खाल्डोमा अन्दाजी ८ महिनाको शिशु बालकको शव शनिबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




